नवलपुर । नवलपुरमा सेफ्टी ट्यांकीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शाैचालयको सेफ्टी ट्यांकीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजाको मृत्यु भएको हो ।
बेहोस भएका उनीहरुलाई छिमेकी मार्फत जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उपचारका लागि रुपन्देहीको सहिद स्मृति सामुदायिक अस्पतार चौपत्ता लगेकोमा उपचारका क्रममा तीनै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया