काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन सकारात्मक रहेको बताएकी छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सोमबार राणाले आफ्नो भारत भ्रमण र मोदीसहित भारतीय नेतृत्वसँग भएको भेटबारे अवगत गराएकी थिइन् । उनले गत भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गरेकी थिइन् ।
प्रधानमन्त्री केपी ओलीका तर्फबाट आफूले मोदीलाई नेपालको राजकीय भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेको उनको भनाइ थियो । भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको बताइन् ।
प्रतिक्रिया