पलेशालाई महानगरले गर्यो नगद पुरस्कारसहित सम्मान

पलेशालाई महानगरले गर्यो नगद पुरस्कारसहित सम्मान



काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।

त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो ।

फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशा गोवर्धन बुधबार विहान स्वदेश फर्किएकी हुन् । उनलाई राष्ट्रिय कहल्कुद परिषदले सम्मान स्वरूप विमानस्थल देखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएको थियो ।