काठमाडौं । गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेको प्यालेस्टिनी विद्रोही समूहका हमास नेता याह्या सिनवार लगायत शीर्ष नेताहरूविरुद्ध अमेरिकामा आपराधिक मुद्दा दर्ता भएको छ ।
अमेरिकी न्याय विभागले हमासका ६ जना नेताविरुद्ध मुद्दा चलाइएको बताएको बीबीसीले जनाएको छ । हमासका नेताहरूमाथि अमेरिकी नेताहरूको हत्या, आतङ्कवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका सात वटा अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
अमेरिकाले मुद्दा चलाएका नेताहरूमध्ये तीन जनाको इजरायलको आक्रमणमा ज्यान गइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको ज्यान गइसकेको हो । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ ।
अमेरिकाको न्याय विभागले हमासबाट भएका आक्रमणमा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने प्रयास शुरु भएको बताएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया