काठमाडौं । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथलगायतका देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल शुरू भएको छ । बिहान पानी पर्दा दर्शनार्थी व्रतालुहरूले छाता ओढ्दै लाइनमा बसेका थिए । पशुपतिमा दर्शनार्थीकाे भीड लागेकाे छ ।
प्रतिक्रिया