जाजरकोटमा पहिरोमा पुरिएका दम्पतीकाे शव भेटियाे

जाजरकोटमा पहिरोमा पुरिएका दम्पतीकाे शव भेटियाे



जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडा सदस्य दम्पतीको शव फेला परेको छ ।

गएराति पहिरोमा पुरिएका दम्पतीको शव बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गएराति पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका श्रीमान मानबहादुर चलाउने पुरिएका थिए ।

यस्तै पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ ।