दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई आवास र सञ्चारको समस्या

दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई आवास र सञ्चारको समस्या



म्याग्दी । मुस्ताङको तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई आवास र सञ्चारको समस्या भएको छ ।

समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा पर्दछ । भौगोलिक रूपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र त्यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन् । दुई वटा डाँडा पार गरेर दामोदर कुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा दुई वर्षअघि बनाइएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो हप्तासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएको छ ।

धर्मशालाका कर्मचारी कर्म रेङ्गे गुरुङले आर्थिक र जनशक्ति अभावका कारण दुई महिनाभन्दा बढी समय धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताए ।