काठमाडौं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हराएकाे छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिस क्लबले बाग्मती युथलाई १–० गोलले हराएको छ । पुलिसका लागि निर्मला उपाध्यायले गोल गरिन् ।
यो जीतसँगै पुलिस ३ खेलमा ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । बाग्मती युग ३ खेलमा ३ अंकसहित पाँचौं स्थानमा छ ।
एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।
प्रतिक्रिया