काठमाडौं । इंगल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा श्रीलंका ८ विकेटले विजयी भएको छ ।
इंगल्यान्डले दिएको २ सय १९ रनको लक्ष्य श्रीलंकाले तेस्रो दिनको खाना समयअघि नै मात्र २ विकेट गुमाएर भेटायो । श्रीलंकाका पथुम निसान्काले शतक बनाए । इंगल्यान्डका क्रिस वोक्स र गुस एट्किन्सनले समान १ विकेट लिए ।
दोस्रो पारीमा इंगल्यान्ड १ सय ५६ रनमै अलआउट भएको थियो । उसका जेमी स्मिथले सबैभन्दा धेरै ६७ रन बनाए । श्रीलंकाका लाहिरु कुमाराले ४ विकेट लिए ।
यस्तै इंगल्यान्डले पहिलो पारीमा अली पोपले शतक र बेन डकेटको अर्धशतकको मद्दतमा ३ सय २५ रन बनाएको थियो । यस्तै श्रीलंकाले पहिलो पारीमा पथुम निसान्का, धनन्जय डी सिल्भा र कमिन्दु मेन्डिसको अर्धशतकमा २ सय ६३ रन बनाएको थियो ।
तीन खेलको टेस्ट शृङ्खला इंगल्यान्डले यसअघि नै जितेको थियो । इंगल्यान्ड पहिलो टेस्टमा ५ विकेट र दोस्रो टेस्टमा १ सय ९० रनले विजयी भएको थियो ।
प्रतिक्रिया