घारमै मौरी मर्न थालेपछि ललितपुरबाट विज्ञ टोली जुम्ला पुग्यो

घारमै मौरी मर्न थालेपछि ललितपुरबाट विज्ञ टोली जुम्ला पुग्यो



जुम्ला । जुम्लाका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञ टोली जुम्ला पुगेको छ । मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जुम्ला गएको हो । टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् ।

टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन लिने र मौरीपालकका घार हेर्न गाउँगाउँसम्म जाने छ । जुम्लाका किसानले व्यावसायिक रूपमा सेराना जातको मौरी पाल्दै आएका छन् ।

विज्ञसहितको टोलीले पातारासी गाउँपालिका–१ पेरेगाउँ, गुठीचौर गाउँपालिकाको गुठीगाउँ र तातोपानी र चन्दननाथका मौरीपालकका घार हेर्ने र किसानसँग छलफल गर्ने कृषि विकास कार्यालयले जनाएको छ । उनीहरूले मौरीघारको अवस्था, चरन क्षेत्र र रोग कीराका बारेमा अध्ययन गर्नेछन् ।