जनकपुरमा वडाध्यक्ष र वडासचिव घुससहित रंगेहात पक्राउ

जनकपुरमा वडाध्यक्ष र वडासचिव घुससहित रंगेहात पक्राउ



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका बर्दिबास कार्यालयले जानकारी दिएकाे छ ।