बारामा दुई बसको बीचमा ईभी च्यापिँदा चालक घाइते

बारामा दुई बसको बीचमा ईभी च्यापिँदा चालक घाइते


ग्लोब नेपाल
27
Shares

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६, उनासी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई बसको बीचमा विद्युतीय सवारी (ईभी) च्यापिँदा चालक घाइते भएका छन्।

बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ का ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन्। उनको ढाडमा चोट लागेको छ। निजगढस्थित सिटी अस्पतालमा उपचाररत मण्डलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काँकडभिट्टाबाट नेपालगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बस उनासी पुलमा अगाडिबाट अर्को गाडी आएपछि सडकमा रोकिएको थियो। सोही दिशाबाट पछाडि आउँदै गरेको कोशी प्रदेश १–०१–००१ ख ४८६५ नम्बरको बसले रोकिराखेको मधेस प्रदेश ०४–००१ ज ०१६० नम्बरको ईभीलाई पछाडिबाट ठक्कर दियो।

ठक्करपछि ईभी अगाडि रोकिएको बसमा समेत ठोक्कन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा ईभीमा क्षति पुगेको छ भने अगाडिको बसमा सामान्य क्षति भएको छ।