काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने टिप्पणी गरेका हुन् ।
महामन्त्री थापाले गुरुङ आफैले संसदमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई गर्न नहुने बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने बताए ।
प्रतिक्रिया