कोशी सरकारमा सहभागी हुँदै काँग्रेस

कोशी सरकारमा सहभागी हुँदै काँग्रेस


ग्लोब नेपाल
4.9k
Shares

काठमाडौँ । कोशी प्रदेशमा नेपाली काँग्रेस बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने भएको छ । बुधबार काँग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ। योसँगै अब एमालेबाट दुई र काँग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुनेछ । सभापति थापाका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी ओलीले फोन गरेर कोशी प्रदेशको समस्याबारे सोधेका थिए ।

यसअघि कोशीमा काँग्रेस सरकारमा सहभागी नभए पनि प्रदेश सभा बैठकमा सत्तापक्षको बेन्चमा बस्दै आएको थियो । १२ साउनमा एमालेसँगको सहमतिपछि काँग्रेसले दुई दिनभित्रै सरकारमा सहभागी हुने बताएको थियो । तर आन्तरिक भागबण्डा मिलाउन नसकेपछि सरकारमा सहभागी भएको छैन ।