काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।
शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् । उनले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे । उनले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनिय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले सरकारले लिएको राजस्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गरे । उनले आन्तरिक राजस्व रणनीति कार्यान्वयनका लागि जोड दिए ।
उपप्रधानमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । उनले लक्षित राजस्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिए ।
प्रतिक्रिया