कैलालीमा तीन जना मृत भेटिए

कैलालीमा तीन जना मृत भेटिए



टीकापुर । कैलालीमा तीन जना मृत फेला परेका छन् । टीकापुर नगरपालिकामा दुई र भजनी नगरपालिकामा एक जनागरी तीन जना मृत फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराले बताए ।

शनिबार साँझदेखि हराइरहेका आरभ आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

डीएसपी बोहराका अनुसार टीकापुर नगरपालिका-५ मा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको ५ नम्बर वडास्थित दौलतघाटको कर्णाली नदी किनारमा महिलाको शव फेला परेको हो ।

यस्तै, भजनी नगरपालिका–८ को गुडचौरामा पनि एक जना मृत फेला परेका छन् । लडेको अवस्थामा सोही ठाउँका ५५ वर्षीय जयराम डगौरा मृत फेला परेका हुन् ।