अमेरिकामा ओली र मोदीबीच भेटवार्ता नहुने

अमेरिकामा ओली र मोदीबीच भेटवार्ता नहुने


ग्लोब नेपाल
999
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा हुने भनिएको साइडलाइन संवादको संभावना अन्त्य भएको छ । भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा एक रात मात्र बस्ने भएकाले भेटघाटको समय नमिलेको परराष्ट्र श्रोतले बतायो ।

भारत भ्रमणमा नगएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता गराउने प्रयास भएको थियो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आफै लागेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयबाट नै यसका लागि प्रयास भइरहे पनि भारतीय पक्षबाट सकारात्मक जवाफ भने नआएको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिका कारण दुई देशको बिचमा दुरी बढ्दै गइरहेको छ ।