काठमाडौं । २७ भदौको मन्त्रिपरिषद्को बैठकले ४० जना सहसचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालय तथा प्रदेशमा कार्यरत सहसचिवहरू सरुवामा परेका हुन् । केही प्रमुख जिल्ला अधिकारीहरू पनि सरुवा भएका छन् ।
यातायाता व्यवस्था विभागका महानिर्देशक रहेका उद्धवप्रसाद रिजाललाई मधेश प्रदेशको प्रदेश सचिवका लागि सरुवा भएका छन् । काठमाडौं महानगरपालिकाबाट प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रलाय सरुवा भएका छन् । उनको ठाउँमा सरोज गुरागाईं आएका छन् ।
गुरागाईं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक बलाराम रिज्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालय, राष्ट्रिय दलित आयोगका शिवराज चौलागाईलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र पोखराका महानगरपालिकाका श्यामकृष्ण थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
प्रतिक्रिया