च्याम्पियन्स लिगमा आज राति ६ वटा खेल हुँदै

च्याम्पियन्स लिगमा आज राति ६ वटा खेल हुँदै



काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति पनि ६ वा खेल हुँदैछन् । आज राति साढे १० बजे बोलोग्ना र शाख्तर डोनेत्स्क तथा स्पार्टा प्राहा खेल्दैछन् ।

यस्तै राति पौने १ बजे पेरिस सेन्ट जर्मेइन (पीएसजी) र गिरोना तथा क्लब ब्रुगी र बोरुसिया डर्टमन्ड खेल्दैछन् । यस्तै राति पौने १ बजे नै सेल्टिक र स्लोभान ब्राटिस्लाभा तथा म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् ।

७० औं संस्करणको यूईएफए च्याम्पियन्स लिग फुटबल हिजोदेखि शुरू भएको हो । हिजो भएका खेलमा युभेन्ट्स, एस्टन भिला, रियल मड्रिड, बार्यन म्युनिख, स्पोर्टिङ र लिभरपुल विजयी भएका छन् ।