यिनीहरुले अब ग्यालेक्सी टिभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्छन्ः रवि लामिछाने

यिनीहरुले अब ग्यालेक्सी टिभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्छन्ः रवि लामिछाने


ग्लोब नेपाल
432
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता पुष्टि गर्न नसकेपछि अहिले गोरखा मिडियामा जोडेको आरोप लगाएका छन ।

पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अझै आफूविरुद्ध भ्रम छर्ने प्रयास भइरहेको दाबी गरेका छन् । उनले भने, ‘छानबिन समितिले भनिसक्यो रवि लामिछानेले सहकारीबाट एक रुपैयाँ पनि लिएको छैन भनेर । अझै केही भ्रम छर्न खोज्दै छन् । एउटा कर्मचारीको रूपमा संस्थामा आएको पैसाको चेक काटेर कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ ।’

कार्यकारी अध्यक्षले संस्थाको खातामा ल्याएको पैसाको स्रोत कुन कर्मचारीले खोज्न सक्छ भन्दै लामिछानेले प्रश्न गरेका छन । उनले भने, ‘कहिले त्यो प्रमाण मसँग छ भन्ने, कहिले गृहमन्त्रीसँग छ भन्ने । कहिले सहकारी अपचलन भन्ने अहिले गोर्खा मिडिया भन्ने कुरा फेर्दा फेर्दा एक दिन यिनीहरुले ग्यालेक्सी टिभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्ने निष्कर्षमा पुग्न सक्ने छन् ।’