बागमति प्रदेशमा मन्त्री बेरोजगार !

बागमति प्रदेशमा मन्त्री बेरोजगार !


ग्लोब नेपाल
702
Shares

काठमाडौं । बागमति प्रदेशमा एकजना मन्त्री बेरोजगार भएका छन् । मन्त्री मदुकुमार श्रेष्ठ मन्त्रालयविहिन बनेकाले बेरोजगार भनेका हुन् । कुनै पनि जिम्मेवारी नभएपछि कार्यालय समयमा मुख्यमन्त्री कार्यालय वरपर डुल्ने र घर फर्किने दिनचार्य बनेको छ । उनी बेरोजगार भएको २ महिनाभन्दा बढी भयो ।

मुख्यमन्त्री बहादुरसिंह लामाका अनुसार जिम्मेवारी दिनका लागि कुन मन्त्रालय फुटाउँदा उपयुक्त होला भनेर विमर्श भइरहेको छ । सत्ता गठबन्धनको सहयात्री नेकपा एमाले र कांग्रेसले ७ र ६ वटा मन्त्रालय बाँडफाँड गरेका हुन् । एमालेले ६ वटा मन्त्रालय पाएको छ भने कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालयको जिम्मेवारी पाएको थियो । कांग्रेसका ७ जना मन्त्रीले जिम्मेवारी पाइसकेका छन् । मधुकुमार श्रेष्ठको जिम्मेवारी पछि तोकिने भनिएको थियो ।

संघीय कानुन नबनेकाले जिम्मेवारी पाएको मन्त्रीले समेत कामबिहिनजस्तै छन् । यो परिवेशमा बिना विभागीय मन्त्रीको अवस्था के होला सहजै अनुमान गर्न सकिने, एक सांसदले ग्लोब नेपाललाई बताए । मन्त्रालय फुटाएर कार्यालय, गाड़ी, कर्मचारी, साइनबोर्ड र विधिविधान बनाउनुपर्दा करोडौं रुपियाँ फिजूलमा खर्च हुन्छ । यसले जनतालाई सेवा दिने होइन, व्यय भार मात्र थप्ने उनको भनाइ छ ।