प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. सिंह नियुक्त

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. सिंह नियुक्त


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा.जामुनप्रसाद सिंह नियुक्त भएका छन् ।

मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ बालरोग विशेषज्ञ डा. सिंहलाई शुक्रबार निर्देशकमा नियुक्त गरेको हो । यसअघि रहेका निर्देशक डा.रामनरेश पण्डितको सरुवा हुँदा डेढ महिनादेखि सो पद रिक्त थियो ।