चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु


ग्लोब नेपाल
0
Shares

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको चट्याङ लागेर मृत्यु भएको छ । घरभित्र बसिरहेका बेला चट्याङ पर्दा गएराति उनको मृत्यु भएको बागलुङ प्रहरीका डिएसपी विजय यादवले बताए ।

मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइको छ । चट्याङका कारण घरमा क्षति पुगेको छ । मृतककी सासु र दुई वर्षीया छोरी भने सकुशल छन् ।