जनतामा काँग्रेसले कामै गर्दैनन भन्ने मनोविज्ञान छः देउवा

जनतामा काँग्रेसले कामै गर्दैनन भन्ने मनोविज्ञान छः देउवा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलले अरू पार्टीलेभन्दा अझै बढी काम गर्नुपर्ने बताएका छन् ।

धुलिखेलमा शनिबार आयोजित विपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने गरी काम गर्नुपर्ने बताए ।

जनतामा कांग्रेसले कामै गर्दैन भन्ने मनोविज्ञान विकास भएकाले त्यसलाई चिर्नुपर्ने उनको भनाइ थियो । ‘काँग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नु । काँग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन्,’ नेता कार्यकर्ताहरूलाई उनले भने, ‘अनि खाइदेला नि अरु पार्टीले ।’
कांग्रेसले जनतासँगको सम्बन्ध बढाउने, प्रदेशदेखि जिल्ला र स्थानीय तहहरूमा समेत विकासका कामहरू गर्ने, दुख पाएका जनताहरूले प्रत्याभूति गर्नेगरी काम गर्नुपर्ने सभापति देउवाले बताए।

‘कांग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ । यसै काममा लाग्नका लागि म सबै साथीभाईहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने । समानुपातिक प्रणालीका कारण एउटै पार्टीलाई बहुमत ल्याउन गाह्रो हुने तर कांग्रेसले गाह्रै काम गर्ने देउवाको भनाइ छ । ‘अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएका । यसमा यति धेरै गाह्रो छ। कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्छ । अप्ठ्यारो काम नै गर्नुपर्छ। त्यसको निम्ति मेहनत धेरै गर्‍यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ । कमसेकम नम्बर वान पार्टी पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुनेछ,’ उनले भने ।

सभापति देउवाले दुई ठूला पार्टी मिल्दा मुलुकमा सकारात्मक सन्देश गएको पनि बताए । ‘प्रतिष्पर्धी पार्टी मिल्दा देशभरीमा नै मैले थाहा पाएअनुसार नेपाली जनताहरु खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् । त्यसकारण दुई पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ,’ उनले भने ।