संसदीय समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

संसदीय समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन



काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।

मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।

गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनुरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।