काङ्ग्रेसको खस–आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै

काङ्ग्रेसको खस–आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरण अनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन्।

उनलाई जगदीश्वरनरसिंह केसीले ५ सय ४५ मतका साथ पछ्याइरहेका छन्। आचार्य र केसीबीच ७८ मतको अन्तर रहेको छ।यसैगरी, सोही पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ३ सय ३१ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले १ सय १४ मत पाएका छन्।

सानेपास्थित केन्द्रीय कार्यालयमा खस–आर्यसहित विभिन्न क्लस्टरका पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूको मतगणना कार्य तीव्र गतिमा जारी रहेको निर्वाचन समितिले जनाएको छ। आज थप छ क्लस्टरको गणना भइरहेको छ भने केही क्लस्टरको हिजोदेखि मतगणना भइरहेको छ।