काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको छ । दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनीमाथि साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया