एन्फा महिला लिगमा आर्मीले वालिङलाई ८ गोलले हरायो

एन्फा महिला लिगमा आर्मीले वालिङलाई ८ गोलले हरायो



काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै विमला विके र अमिशा कार्कीले समान गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पायो ।

यो जीतसँगै आर्मी ८ खेलमा १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अंकसहित चौथो स्थानमा छ ।

एन्फा महिला लिगको आजको दोस्रो खेलमा संकटा क्लब र बाग्मती युथ क्लब खेल्दैछन् । यो खेल अहिले दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ । संकटा तालिकाको छैटौं र बाग्मती युथ आठौं स्थानमा छ ।