कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित 

कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित 



काठमाडौं । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन गरिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रहेको थारू विभागमा १० सदस्य मनोनयन गरेका हुन् ।

पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यस विभागको प्रमुखमा  रहेका छन् ।

मनोनयन भएका सदस्यहरूमा देवमान चौधरी, वर्दिया, हल्लुप्रसाद चौधरी, दाङ, शिवनारायण राना, कैलाली, साजनकुमार महतो, चितवन, शैलेन्द्र चौधरी, रौतहट, नमिता चौधरी, सप्तरी, वोरनारायण चौधरी, सुनसरी,  सरिता चौधरी, कैलाली, सुचि चौधरी, मोरङ र कुलमणि चौधरी, बारा रहेका छन् ।