एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक लामालाई नगद सम्मान प्रदान

एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक लामालाई नगद सम्मान प्रदान



काठमाडौं । एनएमबि बैंक (NMB) ले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो ।

उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार पाँच लाख एक हजार रूपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको थियो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तान्तरण गरिएको थियो ।

एनएमबि बैंकको हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।