हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो

हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ । 

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनीहरुले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् ।  बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् । 

प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।