पहिरोमा हराएका एन्फा एकेडेमीका ६ छात्रको मृत्यु

पहिरोमा हराएका एन्फा एकेडेमीका ६ छात्रको मृत्यु


ग्लोब नेपाल
108
Shares

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडानम्बरं–३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्य ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक सकुशल रहेका छन् ।

कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवस बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेका छन् ।

मृतक घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका छोरा हुन् । मृतक सबैको शव पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले बताए । सकुशल रहेका अन्य बिद्यार्थीहरुलाई भने सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइने उनले बताए ।

कवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए । अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित बत्सलादेबी माविको छात्रावासमा बन्द प्रशिक्षणमा राखेको थियो ।