बाढी-पहिरोबाट अहिलेसम्म १ सयको मृत्यु, ६७ जना बेपत्ता

बाढी-पहिरोबाट अहिलेसम्म १ सयको मृत्यु, ६७ जना बेपत्ता


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटाना २, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजारभन्दा बढीको उद्धार गरिएको छ ।