कांग्रेस संसदीय दलको बैठक आह्वान

कांग्रेस संसदीय दलको बैठक आह्वान



काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको सांसद रामहरि खतिवडाले जानकारी दिए । बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने छ ।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएकाे छ ।