जापानका प्रधानमन्त्री किशिदाको राजीनामा

जापानका प्रधानमन्त्री किशिदाको राजीनामा



काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्यूजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पुर्व सन्ध्यामा राजीनामा दिएका हुन् । 

किशिदा २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए ।

सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।  

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरुले बताएका छन् ।

जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।