एभरेस्ट महिला भलिबल लिगमा आज तीन खेल हुँदै

एभरेस्ट महिला भलिबल लिगमा आज तीन खेल हुँदै



काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज तीन खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेलमा बेलुका पौने ४ बजे गण्डकी थन्डर्स र कर्णाली यश्विस खेल्दैछन् ।

यसैगरी आजै बेलुका पौने ६ बजे काठमाडौं स्पाइकर्स र चितवन शक्ति खेल्दैछन् । यस्तै तेस्रो खेलमा राति पौने ८ बजे ललितपुर क्वीन्स र मधेश युनाइटेड खेल्दैछन् ।

नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगमा सहभागी ६ टोलीले एकअर्कासँग खेलेपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा फाइनल बाहेक हरेक दिन तीन खेल हुनेछ ।