इन्द्रसरोवर गाउँपालिकाका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

इन्द्रसरोवर गाउँपालिकाका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


ग्लोब नेपाल
81
Shares

मकवानपुर । बाढी तथा पहिरोका कारण सडक मार्ग अवरुद्ध भएपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।

सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि गएका इन्द्रसरोवर-३ दाप्राङकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटारकी शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको हो ।

उनीहरुको इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टर मार्फत् उद्धार गरिएको पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

गर्भवतीको साथमा एक एक जना सहयोगीलाई पनि लगिएको छ । वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका जोड्ने सबै सडकमार्ग अवरुद्ध रहेको छ ।