राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित

राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् ।

आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।