दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियताको दोस्रो स्थानमा

दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियताको दोस्रो स्थानमा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिन सफल भएका छन । कुनै पनि नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन । इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडी रहेका छन । अलराउण्डरतर्फ टी-२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ ।

रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ । टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

यस्तै टी–२० अलराउन्डर वरीयतामा गुल्सन झा ११ स्थान सुधार गर्दै ५६ औं, कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औं स्थानमा आइपुगेका छन् ।