दशैं घरमा जमरा राखियो

दशैं घरमा जमरा राखियो


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा जमरा राखिएको छ । बिहीबार बिहान ९ बजेर १६ मिनेको शुभसाइतमा विधिपूर्वक दशैं घरमा जमरा राखिएको हो । त्यस क्रममा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै हर्ष बढाईं गरेको थियो ।

दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ । दसैँघरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।

दशैंको पहिलो दिन नदीबाट बालुवा वा शुद्ध माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा र दशैं घरमा जौ, गहुँ र मकैको जमरा राख्ने गरिन्छ । देवीको प्रसाद र समृद्धिको प्रतीकका रुपमा बडादशैंका दिन टीकासँगै मान्यजनका हातबाट जमरा लगाउने चलन छ ।