एनपिएल : सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन विष्ट

एनपिएल : सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन विष्ट



काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन दीपक विष्ट नियुक्त भएका छन् ।

बिहीबार सुदूरपश्चिम रोयल्स र ओलम्पियन विष्टबीच ब्रान्ड एम्बेस्डरका लागि सम्झौता भएको हो ।

ओलम्पियन विष्ट दक्षिण एसियाली खेलकुद(साफ)का चारपटकका स्वर्ण विजेता तेक्वान्दो खेलाडी पनि हुन् । उनले एसियन गेम्समा दुई पटक काँस्य पनि जितेका छन् ।

सुदूरपश्चिम रोयल्सले विष्टलाई ब्रान्ड एम्बेस्डरका रूपमा जोड्न पाउनु अत्यन्त सम्मानको कुरा रहेको बताएको छ। विष्टको वैश्विक छवि र खेलकुदसँगको लगावले नेपालका अनगिन्ती युवा खेलाडीलाई प्रेरित गर्ने पनि रोयल्सले भनेको छ ।