बाढीपीडितलाई राहत दिन विशेष बजेटको व्यवस्था गरियोस् : सांसद सापकोटा

बाढीपीडितलाई राहत दिन विशेष बजेटको व्यवस्था गरियोस् : सांसद सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बाढीपीडितलाई राहत दिन विशेष बजेटको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा उनले राहत र पूर्वाधारमा विशेष बजेट बनाउनुपर्ने बताए ।

उनले सार्वजनिक खरिद ऐनले आपतकालीन खर्च गर्न नदिने बताउँदै आज बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न माग गरे ।