बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस

बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस



काठमाडौं । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

प्राधिकरणले १४ जिल्लाका विभिन्न पालिकालाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ । अब मन्त्रिपरिषद्को बैठकले सिफारिसअनुसार ती स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्नेछ ।

पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ ।