स्थानीय तह उपनिर्वाचन : आज दल दर्ता स्वीकृत गरिने

स्थानीय तह उपनिर्वाचन : आज दल दर्ता स्वीकृत गरिने


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा दल दर्ताका लागि परेको निवेदनमाथिको छानबिनलाई अन्तिम रूप दिएको छ ।

आयोगको निर्वाचन कार्यतालिका बमोजिम निवेदनमाथि छानबिन गरी आइतबार दर्ता स्वीकृत गरिने छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निवेदन आएका २६ दलमध्ये केही दलको कागजात अपुग छ ।

आयोगले समय सीमाभित्र कागजात आए ती दलको दर्ता स्वीकृत हुने जनाएको छ । समयमै नआए निवेदन अस्वीकृत हुने छ ।

स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको निर्वाचन मङ्सिर १६ गते हुँदै छ । आयोगले असोज १० देखि १६ गतेसम्म दल दर्ताका लागि निवेदन आह्वान गरेको थियो ।