फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी विजयी

फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी विजयी


ग्लोब नेपाल
162
Shares

लन्डन। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिकले २ गोल गरेका थिए भने जेरेमी डोकुले एक गोल गरेका थिए । त्यसैगरी फुलह्यामका लागि आन्द्रेज पेरेइरा र रोड्रीगो मुनिजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी फुलह्यामको ७ खेलमा ११ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ ।

साउथहम्पटनमाथि आर्सनलको सहज जित

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी साउथहम्पटनको भने यस सिजनमा यो छैटौं हार हो । ७ खेलमा एक अंकसहित साउथहम्पटन १९औं स्थानमा छ ।

प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित

इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले पहिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लेस्टर सिटीको जितमा खेलको १६औं मिनेटमा फकुन्डो बुओनानोटटेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो लेस्टर सिटीको यस सिजनमा पहिलो जित हो । लेस्टरको ७ खेलमा एक जित जित बराबरी र ३ हारसहित ६ अंक भएको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

त्यसैगरी बोर्नमाउथको भने ७ खेलमा ८ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।