आफूमाथि गोली प्रहार भएको ठाउँमा अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पको पुनः आमसभा

आफूमाथि गोली प्रहार भएको ठाउँमा अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पको पुनः आमसभा



काठमाडौं । अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले यसअघि गोली प्रहार भएकै ठाउँमा पुनः आमसभा गरेका छन् । गएको जुलाई १३ तारिखमा पेन्सिल्भेनिआमा आयोजित चुनावी सभाका क्रममा ट्रम्पमाथी गोली प्रहार भएको थियो ।

कानमा गोली लागेर सामान्य घाइते भएका रिपव्लिकन ट्रम्पले फेरी त्यहीँ ठाउँमा चुनावी सभा गरेको बीबीसीले जनाएको छ । उहाँले आउँदो नोभेम्बर ५ तारिखमा हुने चुनावमा आफूले जीत हासिल गर्ने दाबी गरे ।

ट्रम्पको चुनावी सभामा अमेरिकी अर्बपती एलन मस्क पनि उपस्थित थिए । यस पटकको अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई मस्कले पनि साथ दिइरहेका छन् ।