५६ अंकले बढेर नेप्से २६ सय ५३ विन्दुमा

५६ अंकले बढेर नेप्से २६ सय ५३ विन्दुमा



काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव शून्य नौ अंकले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै मध्य भोटेकोशी जलविद्युत्, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अंकले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय आठ वटा कम्पनीका एक करोड ५० लाख कित्ता शेयर ६ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै साहज ऊर्जा कम्पनीको ६३ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।