अलराण्डर गुल्सन एनपीएलमा कर्णालीबाट खेल्ने

अलराण्डर गुल्सन एनपीएलमा कर्णालीबाट खेल्ने



काठमाडौं । नेपालका अलराउण्डर गुल्सन झा नेपाल प्रिमियर लिग (एनपील) मा कर्णालीबाट खेल्ने भएका छन् ।

उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले मूल्य लगाएका थिए । गुल्सनकाे न्यूनतम मूल्य १० लाख रहेकाे थियाे । उच्चतम १५ लाखमा ७ टोली पुगेका थिए ।

लुम्बिनी भने ए तीन खेलाडी हुँदा सहभागी हुन पाएन । उनलाई गोलाप्रथाबाट कर्णालीले पाएको हो ।

उनले नेपालको टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।

हाल क्यानडामा राम्रो गर्दा सबैको ध्यानमा तानिएका थिए । सोमपाल कामी कर्णाली याक्सका मार्की खेलाडी हुन् ।