नोट्टीङघमसँग बराबरीमा रोकियो चेल्सी

नोट्टीङघमसँग बराबरीमा रोकियो चेल्सी


ग्लोब नेपाल
81
Shares

लन्डन। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी नोट्टीङघम फोरेस्टसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा चेल्सी र नोट्टीङघम फोरेस्ट १-१ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा चेल्सीका लागि नोनी माडुएकेले गोल गरेका थिए भने नोट्टीङघमका लागि क्रिस वूडले गोल गरेका थिए ।

यस खेलमा खेलको ७८औ मिनेटमा जेम्स वार्ड प्रोजले रातो कार्ड पाएपछि नोट्टीङघम १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि चेल्सीको ७ खेलमा १४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी नोट्टीङघमको ७ खेलमा १० अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

ब्राइटनसँग टोटनह्याम स्तब्ध

इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम ब्राइटनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा यान्कुबा मिनटेह, जर्जिन्हो रटर र डानी वेलब्याकले एक एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए ।

ब्राइटनको यो यस सिजनमा तेस्रो जित हो । ७ खेलमा यो जितपछि १२ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा तेस्रो हार हो । टोटनह्यामको ७ खेलमा १० अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।