पोखराको बुद्धचोकस्थित पसलमा आगलागी

पोखराको बुद्धचोकस्थित पसलमा आगलागी


ग्लोब नेपाल
54
Shares

पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित एक पसलमा आगलागी भएको छ । कृष्ण ढकाल र अनिल ढकालले सञ्चालन गरेको द स्केट पार्क प्रा.लि.नामको पसलमा गएराति आगलागी भएको हो ।

पसल पूरै जलेर नस्ट हुँदा लाखौंको क्षति भएको कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारको टोली, पोखरा महानगरको दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट जुत्ता ६५० थान, कम्प्युटर ३ थान, ४३ इन्चको टिभी एक थान, जेनेरेटर ब्याट्री एक थान, इन्भर्टर ब्याट्री एक थान, सीसीटीभी क्यामेरा आठ थान जलेर नष्ट भएको छ । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।